Section 23
विकास कर लाग्ने जग्गा र त्यसको खण्ड विभाजन
(१) सडकसीमा तोकिएकोमा सडकसीमाको र सडकसीमा नतोकिएकोमा सडकको किनाराबाट दुवैतर्फ दुइसय पचास मिटर सम्मको जग्गामा विकास कर लाग्नेछ ।
तर दफा ३क. बमोजिम कुनै स्थायी बनौट वा भवन निर्माण गर्न निषेध गर्ने गरी तोकिएको फासला भित्र पर्ने जग्गामा विकास कर लाग्ने छैन ।
(२) विकास करको दर कायम गर्ने प्रयोजनको लागि उपदफा (१) बमोजिमको जग्गालाई १२५ मीटरको खण्डहरूमा विभाजन गरी देहाय बमोजिम वर्गीकरण गरिएको छ ः–
(क) १२५ मीटरसम्मको जग्गाको खण्ड “क”,
(ख) १२५ मीटरदेखि २५० मीटरसम्मको जग्गा खण्ड “ख”